अहपरणको हल्ला चलाएर ‘ब्याइफ्रेण्ड’ सँग डेटिङ

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १:२८ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक–महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता (नाम परिवर्तन) अपहरणमा परेको उजुरी प¥यो । महाशाखाले विशेष टोली खटाएर कल डिटेलका आधारमा पत्ता लगाउँदा उनाी सिनामंगल छेउछाउमै रहेको पाइयो ।

प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय रोहन (नाम परिवर्तन) सँग घुलमिल रहेको पत्ता लगायो । प्रहरीले खोज्दै जाँदा रोहन र निकिता बिहीबार अपराह्न सिनामंगलबाटै समातिए । प्रहरीका अनुसार परिवारलाई जानकारी नदिई किन भागेको भनेर सोध्दा दुबैको जवाफ थियो, ‘हामी एकआपसमा प्रेम गर्छाैँ, विवाह गर्छाैँ ।’
यस्तो जवाफ सुनेपछि उनीहरुलाई खोज्न गएका प्रहरी अचम्म परे ।

रोहन १० र निकिता ८ कक्षाका विद्यार्थी हुन । प्रहरीले दुबैलाई महाशाखामा ल्यायो । दुबै पक्षका अभिभावकलाई राखेर कुरा गर्दा निविता पक्षकाले केटाले जवरजस्ती लगेको भनेर कारबाही गर्न प्रहरीलाई सुझाए भने रोहन पक्षकाले दुबै एकअर्कालाई प्रेम गर्ने भएकाले अपहरण नभएको भन्दै मिलाउन सुझाए ।

प्रहरीमा केही महिना यता यस्ता उजुरी धेरै नै पर्ने गरेको महाशाखाकी डिएसपी मीरा चौधरीले बताइन ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us