सार्क सम्मेलन नजिकिँदै गर्दा कालो झोलामा कसले राख्यो बम ?

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ४:१८ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– १८ औं सार्क शिखर सम्मेलन नजिकिँदै जाँदा सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको दाबी गरिरहेका बेला राजधानीमा शंकास्पद वस्तु फेला परेको छ ।

काठमाण्डुको धोबीधारास्थित मुल सकडमा शंकास्पद बस्तु भेटिएको हो । कालो झोलामा रहेको उक्त बस्तु बम भएको आशंकामा प्रहरीले सेनाको डिस्पोजल टोली बोलाएको छ ।

घटनास्थल प्रहरीको नियन्त्रणमा छ । उक्त वस्तु कसले र किन राखेको भन्ने खुलेको छैन । बम हुन सक्ने आशंकामा सर्वसाधारण आतंकित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us