के पकाउँदैछन् बाबुराम पक्षका नेता सानेपामा ?

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष तथा संवैधानिक तथा राजनीतिका संवाद समितिका अध्यक्ष बाबुराम भट्टराईले आफू पक्षधर केन्द्रीय नेताहरुको छुट्टै बैठक बोलाएका छन् । बैठक अहिले भट्टराई निवास सानेपामा बसिरहेको छ ।

Baburam
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाको सभालाई सम्बोधन गर्न बाहिर गएको बेला भट्टराईले आफू पक्षधर नेताहरुको आकस्मिक बैठक डाकेका हुन् । पार्टी केन्द्रीय समितिको बैठक सारेर अध्यक्ष रोल्पा लागेपछि भट्टराई असन्तुष्ट भएका थिए ।

भट्टराई पक्षले मुलुकको राष्ट्रिय राजनीति कठिन मोडमा भएका बेलामा केन्द्रीय समिति बस्नुको सट्टा गाउँ पस्नु गलत हुने विचार राखेको बताइएको थियो ।

भट्टराई नेतृत्वकै संवैधानिक समितिको बैठक पनि बस्नुपर्ने बेलामा अध्यक्षले नै त्यसलाई प्राथमिकतामा नपारेको भन्दै भट्टराई पक्ष असन्तुष्ट भएको हो । मंगलबार उक्त समितिको बैठक बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us