७ हजारले गरेर खाने जग्गा मागे

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ७:२४ मा प्रकाशित

पथरी, २५ कात्तिक – सुकुम्बासी समस्या समाधान आयोग मोरङमा सात हजार सुकुम्बासीले धनीपुर्जाका लागि नाम दर्ता गराएका छन् ।

सुकुम्बासी समस्या समाधान आयोग मोरङका अध्यक्ष मानप्रसाद लिम्बूका अनुसार सुकुम्बासीलाई लालपुर्जा बाँड्न आवेदन मागेपछि जिल्लाका सात हजार सुकुम्बासीले नाम दर्ता गराएका हुन् ।

बेलबारी र विराटनगर दुई ठाउँमा नाम दर्ता गराउने व्यवस्था गरेको छ । करिब दुई वर्षअघि १३ हजार सुकुम्बासीले परिचयपत्रका लागि आयोगमा आवेदन दिएका थिए ।

उनीहरुलाई सुकुम्बासीको परिचयपत्रसमेत प्रदान गरिएको पूर्वअध्यक्ष खेमराज प्रधानले बताए । परेका निवेदन माथि छानबिन गरी फिल्डमा नापजाँच गरेर मिल्ने जतिमा लालपुर्जा बाँड्ने अध्यक्ष लिम्बूको भनाइ छ ।

आयोगको कार्यालयमा नाम दर्ता गराउन हजारौँको दैनिक भिड हुने गरेको छ तर नाम दर्ता गराउन आएका सुकुम्बासी नै विश्वस्त छैनन् ।

ईटहराका केशव पौडेलले सरकारैपिच्छेका कुरा हुने भएकाले दर्ता गराई राख्न कार्यालय आएको प्रष्ट पारे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us