डढेको अवस्थामा शव भेटियो

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ६:०४ मा प्रकाशित

धादिङ , २५ कात्तिक – दक्षिणपूर्वी धादिङको जीवनपुर गाविस– ९ मा मङगलबार बिहान डढेको अवस्थामा एउटा शव फेला परेको छ ।

आगोले पोलिएको अवस्थामा किरान्चोक गाविसका ५५ वर्षीय कृष्ण भन्ने सीताराम तामाङको शव फेला परेको हो । बिहान बारीमा शव देखिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय खानीखोलामा खबर गरेका थिए ।

तामाङको शव वरपर ढोड बलेको अवस्थामा रहेको खानीखोला प्रहरीले जनाएको छ । तामाङले जीवनपुरमा अर्काको बारीमा खेती गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us