नवजात शिशु मृत फेला

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ४:२७ मा प्रकाशित

चितवन, २५ कात्तिक– चितवनको भरतपुरस्थित लङ्कुमा नवजात शिशु मृत फेला परेका छन् ।

सलले बेरेको अवस्थामा लङ्कुको धर्मचोकनजिकै सडकछेउमा शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । शिशु कसले फालेको भन्ने विषयमा खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नचाहेको गर्भका कारण जन्मने बच्चा फालिने गरेको र छोराको चाहनाका कारण पनि शिशु फाल्ने क्रम रोकिएको छैन । कतिपयले पाल्न नसक्ने भएपछि अस्पतालमै शिशु छाडेर भाग्ने गरेको समेत प्रहरीले बताएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us