चन्दले बहिस्कार गरे पनि वैद्यले रोकेनन् बैठक

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ३:३३ मा प्रकाशित

mohan baidhyaकाठमाण्डु, २५ कात्तिक– सचिव नेत्रविक्रम चन्द पक्षले बहिस्कार गरे पनि वैद्य नेतृत्वको नेकपा माओवादीको बैठक आज पनि बस्ने भएको छ ।

बैठक पार्टी कार्यलय बुद्धनगरमा बिहान ११ बजेपछि बस्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । हिजो बोलाइएको बैठक चन्दपक्षको बहिस्कार संगै स्थगित भएको थियो । वैद्य माओवादीभित्र जारी कार्यदिशाको विवाद पछिल्लो समय थप चर्किएको छ ।

सचिव चन्द तत्काल जनविद्रोहमा जानुपर्ने पक्षमा छन् । अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा भने अहिल्यै विद्रोहको परिस्थिति तयार नभएको भन्दै हतार गर्न नहुने पक्षमा छन् ।
लामो समयदेखि आन्तरिक विवादमा फसेको वैद्य माओवादीमा थप संकट देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us