हुम्लामा पहिलो पाउरोटी कारखाना

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ११:२४ मा प्रकाशित

हुम्ला, २२ कात्तिक – हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेको छ ।

breadफापर, कोदो, गहुँलगायतका अन्नबालीबाट पाउरोटी बनाइने कारखानाको शुक्रबार हुम्लामा शुभारम्भ गरिएको हो ।

सिमीकोट गाविसअन्तर्गत गोराउछेका जङ्गबहादुर लामाले आठ लाख लगानी गरी पाउरोटी कारखाना सुरु गरेका हुन् ।

पाउरोटी कारखानाको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी बमबहादुर केसीले हुम्ला जिल्लामा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेकामा खुसी व्यक्त गरे ।

यसैगरी जिल्ला कृषि विकास कार्यालय हुम्लाले कृषकलाई राष्ट्रपति पुरस्कारसमेत प्रदान गरेको छ । सिमीकोट गाविस वडा नं ९ का मानबहादुर महतलाई नगद १० हजार र प्रमाणपत्रसहित निमित्त प्रमुख जिल्ला अधिकारी केसीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी देवी ऐडीलगायतका वक्ताले कृषि क्षेत्रको विकासका लागि जिविसका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us