संविधान जारी नगरी सरकार परिवर्तन हुँदैन : गृहमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ११:१८ मा प्रकाशित

झापा , २२ कात्तिक – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संविधान जारी नगरी सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । संविधान जारी नहुन्जेल वर्तमान सरकार नै निरन्तर रहने र त्यसपछि भने सरकार परिवर्तन हुने गृहमन्त्री गौतमले बताए ।

bamdevशनिबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री गौतमले त्यस्तो बताएका हुन् ।

गृहमन्त्री गौतमले आगामी माघ ८ गते जसरी पनि संविधान जारी हुने दाबी गरे ।

उनले सहमति हुनसक्ने विषयमा समहति गरेर र सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुङ्ग्याएर संविधान जारी गर्ने स्पष्ट पारे ।

संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने र प्रक्रिया नमान्नेहरु निरङ्कुशतावादी हुने पनि उनले बताए ।
एक फरक प्रसङगमा गृहमन्त्री गौतमले झापामा कार्यरत पत्रकारको सुरक्षा गर्न आफू तयार रहेको आश्वासन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us