अर्थसमितिले प्रधानमन्त्रीलाई पनि बोलाउन सक्छ : ज्वाला

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १०:३८ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक – अर्थसमितिका सभापति प्रकाश ज्वालाले अर्थसमितिले आफ्नो क्षेत्राधिकार नाघ्यो भन्नु गलत भएको बताएका छन् । ज्वालाले समितिको नियमावालीको ११० र नियमको १२७ नम्बरमा सरकारका सबै निकायलाई बोलाउन सक्ने स्पष्ट ब्यवस्था रहेको प्रष्ट्याए ।

prakash jwalaशनिबार रिपोर्टर्स क्लबमा बोल्दै  ज्वालाले समितिले चाह्यो भने मुलुकका सबै निकायका कार्यकारी प्रमुख प्रधानमन्त्री देखि सबैलाई बोलाउन सक्ने तर्क गरे ।

उनले भने–‘प्रधानन्याधिश बाहेक सबै संवैधानिक निकायका प्रमुखहरुलाई बोलाउन सक्छौं ।’

अख्तियारको निर्देशनले ६ सय मेघावाट विद्युत उत्पादनलाई असर पारेकोले त्यसलाई कम गरेर लोडसेडिङबाट आक्रान्त मुलुकलाई बचाउन अख्तियार प्रमुखलाई बोलाएको जानकारी दिदै ड्राईभर, खरीदार र पियनलाई कारवाही गरेर भ्रष्टाचार न्यूनिकरण नहुने तर्क गरे । उनले भने – ‘अख्तियारले आतंक मच्यायो, मन्त्रालयले गर्ने काम अख्तियारले गर्न खोज्यो ।’

ज्वालाले संवाद समितिले धेरै समय लिएर पनि केही उपलब्धि दिन नसकेको अरोप लगाउँदै आफूले नसकेको विषयलाई संविधानसभामा जिम्मा लगाउनु पर्ने जिकिर गरे ।

एमाले र काँग्रेसको साझा धारणा दुई तिहाई बहुमतको प्रस्ताव भएकाले यसलाई संविधानसभामा पेश गर्नु पर्नेमा जोड दिदै उनले सबैले चुनावको बेलामा प्रक्रियामा जाने सहमति जनाए अनुसार एमाले लचिलो भएकाले सबै लचिलो हुनु पर्ने सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us