मधेसवादी दलहरु सरकारका आउँछन् भने ढोका खुल्ला : उपाध्याय

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक – नेपाली काँग्रेस नेता दिपकुमार उपाध्यायले माघ ८ गते संविधान जारी गर्नको लागि आफूहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार रहेको स्पष्ट पारेका छन् ।

deepkumarरिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मधेसबादी दलहरुसँग सत्तासाझेदारीको विषयमा छलफल भईरहेको जानकारी दिदैं उनीहरु आए काँग्रेस र एमालेका मन्त्रीलाई फिर्ता बोलाएर भएपनि समावेश गर्ने बताए ।

साक्षात्कारमा उपाध्यायले एमाओवादीसमेत सरकारमा आउन तयार भए आफूहरु ल्याउन तयार रहेको स्पष्ट पार्दै राष्ट्रिय सरकार निर्माणको लागि संविधान जारी भएपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र संविधानसभा अध्यक्षको भविष्यको विषयमा पनि छलफल गर्न तयार रहेको बताए ।

उनले भने– ‘अहिलेको समस्या भनेको जस कसले लिने भन्ने विषयले उत्पन्न भएको हो । मुलुकको एकमात्र एजेण्डा संविधान भएकोले सबैलाई संविधान निर्माणको जस चाहिएको हो भने हामी त्यसको लागि सबैलाई सरकारमा ल्याउन तयार छौ । ’

उपाध्यायले देशलाई सफल बनाउन र असफलतालाई रोक्न साझा प्रस्ताव ल्याएको भन्दै त्यसबाट भाग्नुपर्ने आवश्यकता नरहेको बताए ।
उनले प्रचण्डको बाहिर एउटा र भित्र अर्को कुरा गर्ने प्रबृत्तिले मुलुकको र स्वयम उनको समेत हित नगर्ने दावी गर्दै पार्टी भन्दा ठूलो राष्ट्र हो भनेर हिड्नु पर्ने सुझाव दिए । उनले भने–‘फेरि पनि सहमति नगर्ने हो भने अयोग्यताको प्रमाणपत्र मात्रै हात लाग्छ ।’

अर्थसमितिले अख्तियार प्रमुखलाई बोलाएको विषयमा उनले कुनै पनि समितिले बोलाउँदा सक्रमणकालिन अवस्थामा मुलुक भएकोले कार्यक्षेत्र हेरेर बोलाउनु पर्ने सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us