२० किलो चाँदी र ५ तोला सुनसहित दुई भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ९:२१ मा प्रकाशित

रौतहट , २२ कात्तिक – रौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।

नेपालबाट भारतको बैरगनिया जाँदै गरेका बिआर ३० जे १२०६ नम्बरको भारतीय मोटरसाइकलमा गौरबाट बैरगनिया जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गाडी चेकजाँच गर्दा झोलामा राखेको २० किलो चाँदी र पाँच तोला सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बैरगनिया घर भएका २० वर्षीय रविकुमार सोनी र सोही स्थानका १८ वर्षीय रोहितकुमार गुप्ता रहेको रौतहटका प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us