काठमाण्डु, २१ कात्तिक– बिहीबार राति मृत फेला परेका चलचित्र निर्देशक आलोक नेम्वाङको साथबाट फेला परेको सुसाइट नोटप्रति प्रहरीले आशंका गरेको छ ।
सुसाइट नोटबारे अध्ययन भइरहेको महानगरीय प्रहरी परिसर हनुमानढाकाले जनाएको छ । परिसर प्रमुख एसएसपी उत्तम कार्कीले सुसाइट नोट अध्ययनका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको जानकारी दिए ।
बिहीबार राति धापासीस्थित निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका नेम्वाङको साथबाट ‘हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्न चाहन्छु’, लेखिएको कागज फेला परेको थियो ।
‘सुसाइट नोट उनी आफैंले लेखेको हो कि होइन भन्नेबारेमा जाँचपछि थाहा हुन्छ’, कार्कीले भने, ‘अहिल्यै आत्महत्या वा हत्या के हो भन्न सकिंदैन ।’ नेम्वाङको शुक्रबारै पशुपति आर्यघाटमा किरात मुन्धुम परम्पराअनुसार अन्तिम दाह संस्कार गरिएको छ । उनले करिब सात सय म्युजिक भिडियोमा निर्देशन गरेका थिए ।