पुरुष कर्मचारीमाथि यौनहिंसा गर्ने र्‍याडिसन होटलका महाप्रबन्धक प्रहरी खोरमा

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक – र्‍याडिसन होटलका महाप्रबन्धक अनिल मल्लिकलाई पुरुष कर्मचारीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

radमल्लिकलाई बिहीबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका डीएसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

एक सातअघि घटना तनहुँमा मल्लिकले कर्मचारीलाई यौनहिंसा गरेको बुझिएको प्रहरीले जनाएको छ । मल्लिकलाई कारबाहीका लागि शुक्रबार विहान तनहुँ पठाइएको आचार्यले जानकारी दिए ।

पुरुष कर्मचारीमाथि यौन हिंसा गरेको आरोपमा तनहुँ प्रहरीले नै छानविन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us