घरमा लुकाएर राखेको लागुऔषध र हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १०:११ मा प्रकाशित

पोखरा, २१ कात्तिक – स्याङ्जा जिल्लाको फेदीखोला घर भएका सुनिल गुरुङकोे घरबाट प्रहरीले तालिम प्राप्त कुकुर, चाइनिज पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

पोखराबाट स्याङ्जा जाने क्रममा उनले चलाएको बा १० च ४३४५ नम्बरको कार पोखराको नागढुङ्गामा जाँच गर्दा विभिन्न प्रकारका लागुऔषध सिटमुनि लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

त्यसको लगत्तै जिम्मा लिएर बसेको स्याङ्जा फेदीखोला–९ का ससुरा इनबहादुर गुरुङको घर खानतलासी गर्दा तालिम प्राप्त कुकुर र हातहतियार बरामद गरिएको र सुनिललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us