बालिका बलात्कार गरी गर्भवती बनाउनेलाई १२ बर्ष कैद

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ८:०२ मा प्रकाशित

रुकुम, २० कात्तिक – रुकुम जिल्ला अदालतले बालिका बलात्कार गरी गर्भवती बनाएको ठहर गर्दै एक जनालाई १२ बर्ष जेल सजाय सुनाएको छ ।

१३ बर्षीया बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवती वनाएको ठहर गर्दै गरायला गाविस ४ का ३३ बर्षीय भिमे ओलीलाई जिल्ला अदालतले १२ बर्ष जेल सजाय सुनाएको हो ।

जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले १२ बर्ष कैद र पीडित बालिकालाई एक लाख रुपैयाँ क्षतिपूर्ती दिने गरि फैसला गरेको स्रेस्तेदार लोकबहादुर हमालले जानकारी दिए ।

गत बैशाख २८ गते र त्यसपछि पनि पटक पटक बालिकालाई ओलीले बलात्कार गरी गर्भवती भएको अदालतले ठहर गरेको छ ।

बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो । जाहेरी पछि अभियुक्त वलीलाई प्रहरीले पक्राउ गरी भाद्र १६ गते अदालतमा मुद्दा दायर गरेको थियो । २ महिनासम्म मुद्दामा सुनुवाई गर्दै अदालतले सो फैसला गरेको हो ।

वलीले बलात्कारको कुरा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको पीडित परिवारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us