भारतीय प्रधानमन्त्रीको सुरक्षा रणनीति बनाउन गृहसचिव र प्रहरी प्रमुख लुम्बिनीमा

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ७:५१ मा प्रकाशित

भैरहवा, २० कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क सम्मेलनको मौका छोपेर लुम्बिनी भ्रमण गर्ने भएपछि सुरक्षा तयारी मिलाउन गृहसचिव र प्रहरी महानिरीक्षक भैरहवा पुगेका छन् ।

narendra modiगृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललगायत अधिकारीहरु बिहिबार भैरहवा पुगेर सुरक्षा निकायसँग सुरक्षा रणनीति बनाउन छलफलमा जुटेका छन् ।

काठमाण्डुबाट निरीक्षणमा आएको टोलीले लुम्बिनीको सुरक्षास्थितिका मोदीलाई कसरी स्वागत र विदाइ गर्ने भन्ने व्यवस्थापकीय विषयमा समेत स्थानीय सुरक्षा अधिकारीसँग छलफल गरेको छ ।

भारतीय प्रधानमन्त्रीका साथै भुटानका राजा र श्रीलंकाका राष्ट्रपतिसमेत लुम्बिनी भ्रमणमा आउने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us