बाबुराम बिरामी परेपछि तीन दलको बैठक निष्कर्षविहिन

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि दलहरुबीच बढेको चिसोपनालाई कम गर्न भन्दै बसेको प्रमुख दलहरुको बैठक निष्कर्षविहिन भएको छ ।

tin dalबिहिबार सभामुख सुवास नेम्वाङको कार्यकक्ष नयाँबानेश्वरमा कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच भएको छलफल सहमति विना टुंगिएको हो । सत्तारुढ दलहरु सात प्रदेशको प्रस्तावमा टसमस नभएपछि दलहरुबीच चिसोपना बढेको हो । बैठक साँझ पुनः बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।

बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले सत्ता पक्ष र प्रतिपक्षबीच खुलेर कुरा भएको र थप छलफल गर्न साँझ ५ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

एमाले नेता माधवकुमार नेपालले दलहरुबीच द्वन्द्व बढ्ने अवस्था आएकोले त्यसलाई हटाउन अझै दुई दिनसम्म सहमतिको प्रयास गर्ने जानकारी दिए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई अस्वस्थ भएकोले शुक्रबार र शनिबार संवाद समिति बैठक नबोलाउन पनि दलहरु सहमत भएका छन् ।

भट्टराई भाइरल ज्वरोको कारण चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरेर बसिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us