घूस दिएर काम मिलाउन खोज्ने प्रहरी खोरमा

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ६:३१ मा प्रकाशित

वीरगन्ज , २० कात्तिक – प्रहरीलाई नै घुस दिन खोज्ने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगन्ज ११ माइस्थान चोक नजिक बाटोमा सवारी साधन तथा यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय विजयकुमार गुप्ता रहेका छन् । भारतमा निर्मित सङ्गम इन्डेक्स रजिष्ट्रर ७३ थान लिई आइरहेको अवस्थामा चेकजाँच गर्दा चेकजाँच नगरी माल छाडिदिनुहोस् भन्दै काममा खटिएका प्रहरीलाई ६ हजार रुपैयाँ प्रहरीलाई घुस दिन लागेको रकमसहित रङ्गेहात पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

पर्सा प्रहरीले अहिले अवैध रकम असुल्ने प्रहरीमाथि पनि निगरानी राख्न सुरु गरेको र कसैले गलत मनसाय राखेर घुस दिन खोजेमा उनीहरुलाई पनि कारबाही गरिने प्रहरी उपरीक्षक लोहनीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us