बालिका बलात्कारको आरोपमा युवक पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ३:३३ मा प्रकाशित

भीमदत्तनगर, २० कात्तिक-  विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कृष्णपुर–४ का नारद ताम्राकारलाई विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गुलरियाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अविनारायण काप्mलेले बताए ।
बालिकाले साँझ आफ्ना अभिभावकलाई घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाका अभिभावकको प्रहरीमा उजुरी दिएपछि नारदलाई पक्राउ गरी जिप्रकाको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
महाकाली अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरिएको रिपोर्ट आएको प्रहरीले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us