पन्ध्र जुवाडे प्रहरीको फन्दामा

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ११:५७ मा प्रकाशित

पोखरा, १९ कात्तिक – पोखरामा एक घरबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।

juwaपोखरा डिहिकोपाटनस्थित कृष्ण घर्तीले जिम्मा लिएको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट नगद चार लाख ५० हजार ८५ बरामद गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका कुमार देवकोटा, डम्बर कुँवर, पुरन पुन, रमेशबहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, विष्णु लामिछाने, ओम सुवेदी, रामबहादुर थापा, राजु केसी, कृष्ण क्षेत्री, सञ्जीव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us