भारत गान्धी परिवार संकटमा

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते १:५१ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अंगरक्षकले गोली हानी हत्या गरे, त्यतिबेला गान्धीवंशको rahulनिरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइयो ।
भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । वंशजको बिरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसीन गराइएको थियो । तर भारतीय राजनीतिमा एक बलियो उम्मेद्वार (आइरन लेडी) का रुपमा रहेकी पूर्वप्रधानमन्त्री गान्धीको हत्याको तीस वर्ष पुग्दा भने यो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको छ ।
राजनीतिक वंशजले नेतृत्व गरिरहेको भारतीय कांग्रेस पार्टी यतिखेर सत्तामा छैन । सत्तामा नभएको मात्र होइन, यतिखेर उक्त दल निकै कमजोर प्रतिपक्षी दलका रुपमा उभिएको छ । उक्त राजनीतिक वंशजका एक कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाति र राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् । तर संसद्मा झिनो मतका आधारमा विपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।
गएको मेमा भएको आम निर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ, भने सत्तारुढ दल कांग्रेस विपक्षमा उभिएको छ । कांग्रेस दुई दशक लामो शासनपछि सानो आकारको विपक्षी दलका रुपमा पछिल्लो समय देखिएको छ ।

भारतमा कंग्रेसका बारेमा कैयौं पुस्तक लेखेका एक बुद्धिजीवी रसिद किदवायी भन्छन्, ‘इन्दिरा गान्धी वास्तमा भारतमा कंग्रेसलाई व्यापकता दिने नेतृ थिइन् । तर, अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ । ’स्वतन्त्र भएको ६७ वर्षमा कंग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । कंग्रेसलाई सधैं सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । तर अहिले उm अत्यन्त संकटको सामना गरिरहेको छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us