माइक्रो सफट्का मालिकले महिलासँग माफी मागे

काठमाण्डु टुडे २०७१ असोज २५ गते ११:४५ मा प्रकाशित

एजेन्सी– माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्या नडेलाले महिलासँग माफी मागेका छन् ।
satya nadellaतलब बढाउन माग गर्ने आफ्ना महिला कर्मचारीबारे गरेको टिप्पणीप्रति उनले माफी मागेका हुन् । आफ्ना कर्मचारीलाई इमेल लेखेर उनले माफी मागेका छन् ।

]उनले महिला र पुरुषमा तलबमा भेद हुन नहुने पक्षमा आफू रहेको समेत प्रष्ट्याएका छन् । यसअघि तलब वृद्धिको माग राख्ने महिला कर्मचारीलाई उनले तलब वृद्धिको माग राख्न छाडेर व्यवस्थामा विश्वास गर्न भनेका थिए ।

नडेलाको टिप्पणीको भनाइको सामाजिक सञ्जालहरुमा चर्को विरोध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us