
सुर्खेत, १० असार – छिन्चु ६ पाँडुलेमा माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु भएको छ भने १६ घाइते भएका छन् । सुर्खेतको बाटेचौरबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको वा २ ख ६१९२ नम्बरको बस सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मेहलकुना–७ बस्ने ३० वर्षीय दिपक के.सी., खानीखोला–१ बस्ने ४० वर्षीय दुर्गाबहादुर बि.क. र दशरथपुर–५ बस्ने ४० वर्षीया कमला खड्काको घटनास्थलमै तथा हाल सनाखत हुन नसकेका एक पुरुषको स्थानीय मायाँ नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
माइक्रोबसका चालकसहित ९ पुरुष र ७ महिला गरी १६ जना घाइतेको सोही नर्सिङहोममा उपचार भइरहेको छ ।