
कोलोम्बो २० जेठ – श्रीलङ्काली राष्ट्रपति महिन्दा राजपाक्षेले श्रीलङ्कामा पक्राउ परेको २९ भारतीय माझीलाई मुक्तगर्न सोमबार आदेश खिएका छन् ।
ती माझीहरु माछामार्ने उद्देश्यले श्रीलङ्ककाली समुद्रमा गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।
राष्ट्रपति कार्यालयद्धारा प्रकाशित विज्ञप्ति अनुसार ती माझीहरुलाई भारतमा नवनिर्वाचित सरकारसँग सदभाव कायम राख्ने उद्देश्यले छोडिएको बताइएको छ ।
ती २९ जना माझीलाई गतहप्ता मात्र भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी प्रधानमन्त्री भएयता पक्राउ गरिएको बताइएको छ ।
श्रीलङ्ककाको उत्तरमा पर्ने थालाइमानारमा गत शनिबारमात्र केही माझी पक्राउ परेका थिए । माझीहरु पक्राउ पर्दा श्रलङकाली अधिकारीहरुले छ वटा डुङ्गा समेत कब्जा गरेका थिए ।
गतहप्ता भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा उपस्थित हुनुभएका राष्ट्रपति राजापाक्षे र नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीबीच माझीहरुको मुद्दा विषयमा पनि छलफल भएको बताइएको थियो । सिन्ह्वा