
काठकाण्डु, ११ जेठ – एकिकृत नेकपा माओवादी स्थायी समिति र पदाधिकारीको चुनाव भोलीका लागि सरेको छ ।
समय अभावका कारण आज चुनाव गर्न नसकीएको पार्टी स्रोतले बताएको छ ।
अध्यक्ष बाहेक ८ सदस्सीय पदाधिकारी र १७ जना पोलिटब्युरो सदस्यको चयन सोमबार हुने भएको छ ।
८ सदस्सीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष छानिने छन् । जसमा १५१ जना केन्द्रीय सदस्यले मतदान गर्नेछन् ।
त्यस्तै, स्थायी समितिमा ५१ जना पोलिटब्युरो सदस्यले मतदान गर्नेछन् ।
पोलिटब्युरो सदस्यको नतिजा आउन केहि समय लाग्ने बताइएको छ । अहिले मतगणना जारी छ ।