भारतमा तीन खर्ब अमेरिकी डलर लगानी गर्ने चीनको योजना

काठमाण्डु टुडे २०७० फागुन १० गते १६:३२ मा प्रकाशित

भारतीय इकोनोमिक टाइम्सले दिएको जानकारी अनुसार, फेब्रुअरी महिना चिनियाँ कार्य टोलीले भारत सरकारसमक्ष पाँच वर्षे व्यापारिक तथा आर्थिक सहयोग योजना पेश गरेको छ। त्यो योजना अनुसार, भारतको बाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा चीनले रेलवे, राजमार्गलगायत आधारभूत प्रबन्धमा तीन खर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने योजना छ। यो लगानीको रकम जापानलाई पनि उछिन्ने र चीन नै भारतका लागि सबैभन्दा ठूलो लगानीकर्ता बन्ने सम्भावना छ।

हाल भारतमा यो विषय विचाराधीन रहेकाले कुनै निर्णय गरिसकेको छैन। भारतीय वाणिज्य मन्त्रालयले बैठकको आयोजना गरेर चिनियाँ लगानीबारे छलफल गर्ने जनाइएको छ।

तथ्याँक अनुसार, सन् 2012 र 2013 भारतीय बाह्रौं पञ्चवर्षीय योजनाका पहिला दुई वर्षमा भारतले विदेशबाट 50 अर्ब अमेरिकी डलरको प्रत्यक्ष लगानी भित्र्याएको छ। यसपटक चिनियाँ योजनाको रकम यो रकमभन्दा धेरै बढी हुनेछ। केही वर्षदेखि चीन र भारतको अर्थतन्त्र तीव्र गतिले विकसित हुँदै आएको छ। आर्थिक तथा व्यापारिक सहयोगमा दुई पक्षले ठूलो सक्रिय प्रगति हासिल गरेर सबैभन्दा सक्रिय र फलदायी अवधिमा प्रवेश गरेका छन्। दश वर्षमा दुइ मुलुकको द्बीपक्षीय व्यापार बीस गुणा वृद्धि भएको छ। तर रणनीति तथा सुरक्षाका कारणले भारत सरकारले चिनियाँ लगानीप्रति सावधानी अपनाएको छ। त्यसैले चिनियाँ लगानी योजना व्यवहारमा उतार्न भारत हालसम्म खुलस्त देखिंदैन। CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us