प्रचण्डले कतारी प्रधानमन्त्री भेट्दै

काठमाण्डु टुडे २०७० फागुन ८ गते ३:४७ मा प्रकाशित

prachanda 2दोहा, ८ फागुन– कतार भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्दैछन् ।
उनले पूर्वप्रधानमन्त्रीका हैसियतमा कतारी प्रधानमन्त्री अव्दुल्लाह विन नासिर विन अल थानीलाई भेट्न लागेका हुन् ।

माओवादी केन्द्रीय सदस्य एवम् विदेश विभाग सदस्य युवराज चौलागाईंका अनुसार प्रचण्डले दोहास्थित प्रधानमन्त्री कार्यालयमा स्थानीय समयअनुसार बिहान ११ बजे कतारी प्रधानमन्त्रीलाई भेट्ने छन् ।

भेटमा प्रचण्डले द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुका साथै नेपाली मजदुरहरुका समस्याबारे ध्यानाकर्षण गराउने उनले बताए ।

पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको तेस्रो सम्मेलन उदघाटनका लागि प्रचण्ड हिजो दोहा पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us