कोइरालाले मागे खनाल र ओलीसँग मन्त्री

काठमाण्डु टुडे २०७० फागुन ६ गते २:२९ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्किंदै गएका बेला प्रधानमन्त्री सुशील कोरालाले प्रमुख सत्ता साझेदार sushil jhalanathएमालेलाई पार्टीका तर्फबाट मन्त्री हुनेको नाम सिफारिस गर्न आग्रह गरेका छन् ।
स्रोतका अनुसार कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी ओलीलाई टेलिफोन गरी मन्त्रीको नाम पठाउन आग्रह गरेका हुन् ।

कोइरालाले एक वर्षभित्र संविधान गर्ने दायित्व सम्झिएर गृह विवादमा नलागी मन्त्रिपरिषद् विस्तारमा सघाउने आग्रह गरेका थिए । जवाफमा एमाले नेताहरुले गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान दोहोर्‍याएको बुझिएको छ ।

कोइरालाले संविधानभामा सभाध्यक्षको निर्वाचनलगत्तै एमाले शीर्ष नेतृत्वलाई भेटी मन्त्रिपरिषद् विस्तारका लागि सहयोग गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

कोइरालाले यसअघि हिजो आफ्नै पार्टी नेपाली काँग्रेसबाट केही मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । तर संसदीय समितिको बैठकमा नेताहरुले एमालेसँग छलफल गरेर मात्र अघि बढ्न सुझाव दिएपछि कोइराला पछि हटेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us