आगलागीमा परी एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २ गते ११:५३ मा प्रकाशित

मुगु, २ फागुन– मुगुको पश्चिम खत्याड भेकको ह्याँग्लु गाविस–१ बिना गाउँको कुइँयापानी भन्ने स्थानमा रहेको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

सो गाउँका स्थानीयवासीको लेकमा रहेका घरमा विहीबार राति आगलागी हुँदा २२ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको र उनकी श्रीमती २१ वर्षीया सरिता शाही घाइते भएको स्थानीयवासी मंगलबहादुर शाहीले जानकारी दिए ।

राति भएको आगलागीबाट गोठमा रहेका एकसयभन्दा बढी भेडा पनि मरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us