दुई कोरियाबीच उच्चस्तरिय वार्ता

काठमाण्डु टुडे २०७० माघ २८ गते ११:४९ मा प्रकाशित

सोल, २८ माघ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरिय सरकारी अधिकारीहरूबीच बुधबार वार्ता हुन लागेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले घोषणा गरेको छ ।

वार्ता कोरियाली युद्धका बेला छुिट्टएका परिवारका सदस्यको पुनर्मिलनको योजना  भन्दा अगाडी हुन लागेको  बताइएको छ । सो वार्तामा दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका सदस्यहरू, एकीकरण मन्त्रालय र राष्ट्रपति कार्यालयका सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।

एकीकरण मन्त्रालयका प्रवक्ताले उक्त जानकारी समाचारदाताहरू दिएका छन् ।यद्यपि यस वार्तामा एजेण्डा भने खासै तय नभएको, तर दुई कोरियाबीचको पुनर्मिलन कार्यक्रमलगायत अन्य मुद्दाहरूलाई नै उठाइने अनुमान गरिएको छ ।

दक्षिण कोरिया तर्फबाट राष्ट्रपति पार्क गेयुन हाई प्रशासनका राष्ट्रिय सुरक्षा निर्देशक किम क्यु ह्युनले नेतृत्व गर्नु हुने जनाइएको छ । तर उत्तर कोरियाको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले यस वार्ताको योजनाको  विषय कुनै प्रतिवेदन दिएको छैन ।

तर एकीकरण मन्त्रालयका अनुसार प्योङ्गयाङगले वार्ताको विषयमा सोधपुछ गरेको छ । दुई कोरियाबीच गतहप्ता उत्तरी कुम्गाङ्गमा भएको सहमति अनुसार कोरिया विभाजनको बेलामा छुट्टिएका सयौं परिवारलाई आगामी फेब्रुअरी २० देखि २५ पुर्नमिलन गराउन  रहेको थियो ।

यस अघिनै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दुई कोरियाबीच भएको सम्झौता अनुसार १९५३ को युद्धपछि विभाजित परिवार पुर्नमिलन कार्यक्रमलाई पूर्णरुपमा सघाउन उत्तर कोरियालाई आह्वान गरेका थिए । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us