भगवान कोइरालाको राजीनामा स्वीकृत

काठमाण्डु टुडे २०७० माघ २५ गते १५:११ मा प्रकाशित

काठमाण्डु,  २५ माघ–त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
vagawan koirala
कोइरालाको राजीनामा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शनिबार स्वीकृत गरेको हो ।  उनले डा. गोविन्द केसीको आन्दोलनलगायतका कारण काम गर्ने वातावरण नभएको भन्दै गत शुक्रबार राजीनामा बुझाएका थिए ।

राजीनामा पत्रमा उनले अस्पतालमा काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले प्राध्यापक डा. गोविन्द केसीको आमरण अनशनलगायतका कारण काम गर्न नसकेको बताए ।

त्रिवि शिक्षण अस्पताल सुधार गर्नुपर्ने केसीको माग पूरा गर्न सम्वद्ध पक्षले देखिएको अनिच्छाका कारण उनी रुष्ट थिए । केसी सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै शनिबारबाट पुन: आमरण अनशनमा बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us