गोविन्द केसी पुन: आमरण अनसनमा बस्दै

काठमाण्डु टुडे २०७० माघ २५ गते १:२४ मा प्रकाशित

Govinda kcकाठमाण्डु, २५ माघ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले शनिबार दिउँसो २ बजेदेखि फेरि अनसन थाल्दैछन् ।

आफूसँग भएको सहमति कार्यान्वनमा सरकार गम्भीर नदेखिएको भन्दै केसीले पुनः अनसन थाल्ने भएका हुन् ।

१४ दिन लामो अनसन तोडिएको केही दिनमा नै केसी अनसन बस्न लागेका हुन् ।

आफूसँग सहमति भएबमोजिम चिकित्साशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त नभएको भन्दै केसीले अनसन थाल्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us