हत्याका आरोपी ११ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:५८ मा प्रकाशित

स्याङ्जा, २३ माघ – स्याङ्जाको पुतलीबजार नगरपालिका–१० हिरापाटाका बलबहादुर भुजेलको हत्याका आरोपी स्थानीय कुमार घर्ती भनिने रेशमबहादुर जिटीलाई हत्या भएको ११ वर्षपछि प्रहरीले विहीबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार गत २०६० साल असार २० गते भुजेललाई कुटपिट गरेको र निजको उपचारको क्रममा मृत्यु भएको भन्दै प्रहरीले जिटीलाई पक्रेको हो ।

भुजेलको मृत्युपछि जिटी २०६० सालदेखि फरार रहेका थिए । पक्राउ परेका जिटीलाई जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरुवालले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us