प्रहरी र सशस्त्र समूहबीच झडप, एकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २३ गते ६:०१ मा प्रकाशित

महोत्तरी, २३ माघ–महोत्तरीमा प्रहरी र सशस्त्र समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सोनमामा गस्तीमा रहेको प्रहरी टोलीमाथि करिब १० जनाको सख्यामा रहेका हतियारधारीले आक्रमण गरेको र जवाफी कारबाही गर्दा  ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

अन्दाजी २५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष गस्ती टोलीमाथि सोनमा–५ मा ९/१० जनाको समूहमा रहेका हतियारधारीले गोली चलाएका थिए ।
महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले घटनास्थलबाट दुई थान नलकटुवा पेस्तोल र केही गोली बरामद गरिएको जानकारी दिए । जिल्लामा चन्दा आतङ्क, लुटपाट र अपहरणका घटना बढेपछि  प्रहरीले विशेष सर्च अभियान चलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us