हाम्रो प्राथमिकता सरकार होइन, संविधान: प्रचण्ड

काठमाण्डु टुडे २०७० माघ २३ गते ५:३४ मा प्रकाशित

काठमाण्डु, २३ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका पूर्वप्रधानमन्त्री केल्म्याग बोनिभिकबीच भेटवार्ता भएको छ ।
prachandaप्रचण्ड निवास लाजिम्पाटमा बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो । प्रचण्डको निजी सचिवालयका अनुसार बोनिभिकले अब बन्ने सरकारमा एकीकृत माओवादी सहभागी हुने वा नहुने भन्नेबारे जिज्ञासा राखेका थिए ।

प्रचण्डको निजी सचिवालयका अनुसार जवाफमा प्रचण्डले आफ्नो पार्टीको प्राथमिकता सरकार नभएको बताए । उनले सरकारबाहिरै बसेर एक वर्षभित्र नयाँ संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका थिए ।

बोनिभिकले नेपालको विकासमा सहयोग गर्न आफूहरु सदैव तयार रहेको बताए ।
यसैबीच एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत विलियम पिटर बोडैबीच पनि आजै भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us