लाखौंको अवैध समान भन्सारमा

काठमाण्डु टुडे २०७० माघ १५ गते ९:२४ मा प्रकाशित

सप्तरी, १५ माघ– भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ ।

उक्त काबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

गस्तीका क्रममा जिल्लाको छिन्नमस्ता, बोदे बर्साइन, तिलाठीलगायतका स्थानबाट नियन्त्रणमा लिएका सामान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सप्तरी प्रहरीले तिलाठीस्थित भन्सार कार्यालयमा बुझाएको हो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us