सिँचाइ आयोजना निर्माण गरिने

काठमाण्डु टुडे २०७० माघ १४ गते ७:०५ मा प्रकाशित

म्याग्दी, १४ माघ – कृषकलाई सिँचाइ सुविधाको पहुँच पुर्याउने उद्देश्यले म्याग्दीमा चालु आर्थिक वर्ष २०७०/०७१ मा ४२ वटा साना सिँचाइ आयोजनाको मर्मत सम्भार गरिने भएको छ ।

केन्द्रीय कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा जीर्ण रहेका साना सिँचाइ आयोजनाको मर्मत सम्भार गरिने कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए ।

जिल्लामा यो वर्ष साना सिँचाइ आयोजनाको मर्मत सम्भारका लागि रु ५९ लाख बजेट प्राप्त भएकाले निवेदन परेका आयोजनामध्ये आवश्यकताअनुसार छनोट गरी मर्मत सम्भार गरिने अधिकृत थापाले बताए ।

उनका अनुसार ४२ वटा आयोजनाका लागि अहिले ५१ वटा निवेदन परेका छन् । म्याग्दीमा हाल ३११ वटा साना सिँचाइ आयोजना निर्माण भएर सञ्चालनमा रहेका छन् ।

कतिपय आयोजना मर्मत सम्भार नहुँदा जीर्ण बनेकाले त्यसतर्फ कृषकलाई सचेत गराउने गरिएको कार्यालयले जनाएको छ । यसैबीच चालु आर्थिक वर्षमा नै जिल्लामा आठ वटा प्लास्टिक पोखरी निर्माण गरिने भएको छ ।

खेर गएको पानीलाई सञ्चित गरी सिँचाइ सुविधा पु¥याउने उद्देश्यले प्लास्टिक पोखरी निर्माणका लागि दुई लाख ४० हजार बजेटसमेत प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us