भेडेटारको भ्यू टावर जीर्ण

काठमाण्डु टुडे २०७० माघ १३ गते २:२० मा प्रकाशित

धनकुटा, १३ माघ–जिल्ला विकास समिति धनकुटाको सहयोगमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको भ्यू टावर जीर्ण बन्दै गएको छ । २०५९ सालमा १० लाख रुपैयाँ खर्चेर जिविसले बनाएको भ्यू टावर पनि जीर्ण बनेको हो ।

आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने भ्यू टावरका तीनवटै तला २०६८ साल असोजमा गएको भूकम्पले क्षतिग्रस्त बनेका थिए । गत वर्ष टावर मर्मतमा तीन लाख ५० हजार रुपैयाँ खर्च गरिए पनि जोखिम नघटेको धनकुटा जिविस धनकुटाले जनाएको छ ।

गत वर्ष नै भत्काउने तयारी गरिए पनि आर्थिक अभावका कारण पूरा गर्न नसकिएको धनकुटाका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । पूर्वका विभिन्न स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिने सो टावरमा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us