हुम्लामा दुई साना जलविद्युत्

काठमाण्डु टुडे २०७० माघ १३ गते २:११ मा प्रकाशित

हुम्ला, १३ माघ– हुम्ला सदरमुकाम सिमीकोटदेखि उत्तरी भेगमा पर्ने मुचु गाउँ विकास समितिको ग्याल्साङ याँङगारमा दुईवटा साना जलविद्युत् योजना सम्पन्न भएका छन् । ति विद्युत् योजना २०५ र ३५ किलोवाट क्षमताका छन् ।

ती योजना निर्माणमा स्थानीय जनताबाट १२ लाख, गुम्बाबाट तीन लाख, कुमार लामाबाट एक लाख, ऊर्जाबाट ९० लाख गरी एक करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको उपभोक्ता समितिका कोषाध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिए ।

यसैबीच, हुम्लाको सिमीकोटमा हिमपात भए पनि माघ १९ गतेसम्म खाद्यान्न वितरणको कार्यलाई निरन्तरता दिइने नेपाल खाद्य संस्थानका प्रमुख भीमबहादुर थापाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us