
काठमाण्डु, १२ माघ – सर्वाच्च अदालते अमेरिकन कम्पनी मोन्सान्टोलगायतका कम्पनीले उत्पादन गरेका बीउ आयात गर्न रोक लगाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको इजलाशले मोन्सान्टोले उत्पादन गरेका बीच तत्काल नभित्र्याउन आदेश दिएको हो ।
यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले उक्त कम्पनीले उत्पादन गरेको जेनेटिकल्ली मोडिफाइड अर्गानिजम बीउ नभित्र्याउन भनेको हो ।
अधिवक्ता अर्जुनकुमार अर्यालद्धारा दायर रिट माथि सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।