
गुल्मी, ११ माघ – गुल्मीको वामिटक्सारमा सञ्चालित १३५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बन्द भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था गुल्मीद्वारा सञ्चालित दरमखोला लघुजलविद्युत आयोजनाको टर्वाइनको फिता चुँडिएपछि एक सातादेखि विद्युत् उत्पादन बन्द भएको हो ।
आयोजना बन्द हुदाँ करिब एक हजार ४०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । सहकारी संस्थाले उत्पादन गरेको यो देशकै ठूलो लघुजलविद्युत् आयोजना हो ।
बागलुङको खर्वाङ बजार र गुल्मीको वामी बजारको बीचमा दरमखोलाबाट उत्पादित उक्त बिजुली गुल्मीको वामिटक्सार, मुसिकोट, पौदिअमराई, अर्लाङकोट लगायतका करिब एक हजार ४०० घरधुरीले उपभोग गरिरहेका थिए ।
टर्वाइनको फित्ता स्वीट्जरल्यान्डबाट झिकाउनुपर्ने भएकाले विद्युत् सेवा सञ्चालन हुन अभैm १५ दिनभन्दा बढी लाग्ने परियोजनाका प्राविधिक दधिराम घिमिरेले जानकारी दिए ।
विद्युत अवरुद्ध हुँदा वामिटक्सार बजार क्षेत्रका उपभोक्ता, बैंकिङ कारोबार, इमेल, इन्टरनेट सेवा, फर्निचर उद्योगलगायत प्रभावित भएको सस्थाका अध्यक्ष धमेन्द्रकुमार मल्लले जानकारी दिए ।