‘राजस्वलाई बेरुजुमा नराख्नुस्’

काठमाण्डु टुडे २०७० माघ ९ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, ९ माघ– सूचना तथा सञ्चार मन्त्रालयका सचिव धु्रवप्रसाद शर्माले राजस्व उठाउनुपर्ने रकमलाई बेरुजु शीर्षकमा नराख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

महालेखापरीक्षकको ५०औँ वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुमा राजस्व रकमलाईसमेत समावेश गरिएकाले राजस्व र बेरुजुलाई छुट्याउनुपर्ने उनले बताए ।

नेपाल टेलिकमले राजस्वबापत सरकारलाई बुझाउनुपर्ने रकम बेरुजुमा परेको जानकारी भन्दै शर्माले असुलउपर गर्नुपर्ने रकम उठाउन मन्त्रालय लागिपरेको बताए ।

नेपाल टेलिकमले सरकारलाई बुझाउन बाँकी रहेको एक अर्ब ४४ करोड ३० लाख छ हजार महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा बेरुजु शीर्षकअन्तर्गत राखिएकाले उक्त रकम उठाउन मन्त्रालय दृढतासाथ लागेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us