‘पृथ्वीको दाजु’ पत्ता लाग्यो

काठमाण्डु टुडे २०७० पुष २४ गते ३:३३ मा प्रकाशित

koi-314cबैज्ञानिकहरुले पृथ्वी जस्तै ग्रह पत्ता लगाएका छन् । अमेरिकी बैज्ञानिकहरुले पृथ्वीबाट २०० बर्ष टाढा नयाँ ग्रह फेला परेका हुन् । सो ग्रहलाई वैज्ञानिकहरुले ‘केओआई ३१४ सी’ नाम दिएका छन् ।

बैज्ञानिकहरुले पृथ्वीको दाजुको रुपमा यो ग्रहलाई ब्याख्या गरेका छन् । किनकी यसको ब्यास पृथ्वी भन्दा ६० प्रतिशत ठूलो छ । यो नयाँ ग्रहले आफ्नो ताराको परिक्रमा हरेक २३ दिनमा पूरा गर्दछ ।  अध्ययनमा संलग्न बैज्ञानिकहरुले सो ग्रहको तापमान २ सय २० डिग्री फरेनहाइट रहेको अनुमान गरेका छन् । यो तापमान जीबनको अनुकूल होइन । त्यहाँ बाक्लो ग्याँसयुक्त वायुमण्डल रहेको अनुमान पनि गरिएको छ ।

हावर्ड–स्मिथ सोनियन सेन्टर फर एस्ट्रोफीजिक्स (सीएफए) का डेविड किप्पिङ्गले भनेका छन्, ‘यसबाट साबित भएको छ की ग्रहमा पृथ्वीको जस्तै चट्टानी दुनिया र नरम ग्रहको जस्तै पानी या ग्याँस भन्डारकोबीच कुनै विभाजक रेखा छैन ।’

यो ग्रहको अध्ययनको लागि वित्तिय सहयोग नासा र नेशनल साइन्स फाउन्डेसनले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us