कृषि पेशामा आबद्ध किसानको संख्या घट्यो

काठमाण्डु टुडे २०७० पुष १० गते ३:३२ मा प्रकाशित

काठमाण्डु, १० पुस–नेपालमा कृषि पेशामा आबद्ध कृषकहरुको संख्या घटेको छ । दश बर्षअघि कृषि पेशा अंगाल्ने किसानहरु ७९ प्रतिशत रहेकोमा अहिले ७१ प्रतिशतमा झरेको छ ।

राष्ट्रिय योजना आयोगको छैठौं कृषि गणना २०६८ अनुसार देशभर अहिले ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन् भने १ लाख १६ हजारले पशु पालन मात्र गरेका छन् । यसैगरी दश बर्षको अवधिमा एक लाख २९ हजार हेक्टर खेतियोग्य जमिन बाँझो भएको छ ।

आयोगका अनुसार धेरै खेती हुने जिल्लामा मोरङ, झापा, सुनसरी, सर्लाही र सिराहा छन् भने मनाङ, मुस्ताङ, रसुवा र हुम्ला कम खेती हुने जिल्लामा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us