क्रिसमसमा ठमेल उत्सव

काठमाण्डु टुडे २०७० पुष १० गते ३:२० मा प्रकाशित

काठमाण्डु, १० पुस– क्रिसमस पर्वको अवसरमा काठमाण्डुको पर्यटकीय क्षेत्र ठमेलमा उत्सवको आयोजना गरिएको छ । ठमेलमा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

काठमाण्डु लगायत पोखरा, चितवन लगायतका शहरमा क्रिसमसको अवसरमा विशेष चहल पहल छ । पर्यटकहरुलाई लक्षित गरी त्यहाँ बिभिन्न कार्यक्रम भैरहेका छन् । होटल तथा रेष्टुराँहरु विशेष रुपले सजाइएको छ भने उपहार पसलहरुमा पनि उपहार किन्नेहरुको भिडभाड छ ।

यसैबीच ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा यही पुस १६ गते (डिसेम्बर ३१) ‘पर्यटन सडक महोत्सव’ आयोजना गरिने भएको छ । महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने ठमेल पर्यटन विकास परिषदले जनाएको छ । सो दिन राति २ बजेसम्म ठमेलका सबै होटल र व्यापारिक केन्द्र पर्यटकका सेवा र सुविधाका लागि खोलिनाका साथै सुरक्षा व्यवस्था सुदृढ गरिने परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us