सैनिक नेतालाई संयमता अपनाउन बानको आग्रह

काठमाण्डु टुडे २०७० पुष २ गते ९:२० मा प्रकाशित

banki moonअमेरिका, २ पुस– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिणी सुडानका सैनिक नेतालाई संयमता अपनाउन आग्रह गरेका छन् ।

हालै मात्र स्वतन्त्र भएको दक्षिणी सुडानमा सोमबार भएको सैनिक भिडन्तपछिको परिस्थितिलाब्ई ध्यानमा राखेर बानले यस्तो आग्रह गरेका हुन् ।

दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले सोमबार राजधानीमा भिन्डन्तपछि आफूले सैनिक विद्रोहलाई पराजित गरिदिएको बताएका थिए ।

सैनिक विद्रोहबाट हुनसक्ने हानीका बारेमा सोच्न पनि बानले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । सेनाले मेसिनगन र क्षेप्यास्त्र प्रयोग गरेका विपक्षीले आरोप लगाएका छन् ।

नगरको केन्द्र नजिकै सैनिक ब्यारेकमा सोमबार मध्यरात अगाडिदेखि नै सङ्घर्ष सुरु भएको थियो । राष्ट्रपति साल्भा किरले आफ्ना प्रतिद्वन्द्वी पूर्व उपराष्ट्रपति रिक मासारले हिंसाको सुरुवात गरेको आरोप लगाउएका थिए ।

सेनाका प्रवक्ता फिल अगरले स्थानीय रेडियोमा राष्ट्रपतिप्रति समर्थक सेनाले परिस्थिति नियन्त्रणमा लिएको बताएका छन् । महासचिव बानले सोमबार सुडानमा भएका भनिएका द्विपक्षीय भिडन्तहरुले परिस्थितिलाई बिगार्नसक्नेतर्फ सबैको ध्यानाकर्षण गराएको समाचारमा जनाइएको छ ।

उनले सुडानमा विद्रोह गरिरहेका एसपिएलएलाई शान्तिका लागि आग्रह गर्दै सबै दलले संयमताका साथ मिलेर कामगर्न पनि मंगलबार एक विज्ञप्तिमार्फत आग्रह गरेको समाचारमा जनाइएको छ ।

यसैबीच मंगलाबर पनि विहानैदेखि त्यस क्षेत्रमा भिडन्त सुरु भएको अधिकारीहरुले जनाएका छन् । सैनिक मुख्यालयमा उक्त भिडन्त भएको अधिकारीहरुले जनाएका छन् ।

रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us