अमेरिकीहरुको विश्वास नगर्न भारतीयलाई अफगानी राष्ट्रपतिको सुझाव

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:३९ मा प्रकाशित

नयाँ दिल्ली, ३० मंसिर–अफगान राष्ट्रपति हमिद कारजायीले अमेरिकीहरुको विश्वास नगर्न भारतीयहरुलाई आग्रह गरेका छन ।
हाल भारत भ्रमणमा रहेका कारजायीले शनिबार नयाँ दिल्लीमा भने ‘मैले त लामो समयसम्मका लागि अमेरिकीहरुको विश्वास गर्न छोडेको छु ।’ अमेरिकीहरुको भनाई र काम गराईमा एक रुपता नरहेको उनले बताए । उनले भने–‘उनीहरु एउटा बोल्छन् अर्काे गर्छन, त्यसैले मलाई उनीहरुको विश्वास नै लाग्दैन ।’
उनले शुक्रवार मात्र अमेरिकीहरुको दबाबकै भरमा आफुले अफगानिस्तानमा बस्ने भनिएका नेटो सैनिकसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर नगर्ने बताका थिए ।
उनले आफुलाई त्यस्तो कुनैपनि बलजफ्तीपूर्ण काम मन नपर्ने भन्दै त्यसले आफुलाई कुनै असर नपर्ने धारणा पनि व्यक्त गरे । नयाँ दिल्लीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुले विगतमा पनि उनीहरुको विश्वास नगरेको र अहिले पनि नगर्ने भन्दै सन् २०१४ पछिको अफगानिस्तानको चिन्ता अफगानीहरुलाई बढी भएको पनि स्पष्ट पारे ।
राष्ट्रपति कारजायी भारतको तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेका हुन । उनले सो क्रममा शनिवार भारतीय अधिकारीहरुलाई पनि भेट्ेका थिए ।
अमेरिकी सरकारले सन् २०१४ पछि पनि अफगानिस्तानमा नेटो सैनिक रहनसक्ने भन्दै सो सानो सङ्ख्यामा सहमति जनाउनका लागि भारतले अफगान राष्ट्रपतिलाई मनाउने अपेक्षा गरेको बताएको छ ।
अफगानिस्तान र पाकिस्तानका लागि संयुक्त राज्य अमेरिकाका विशेष प्रतिनिधि जेम्स डबिन्सले सो सुरक्षा सम्झौताका विषयमा भारतले अफगान राष्ट्रपति कारजायीलाई कुराकानी गर्ने अपेक्षा गरेको समाचार हालैमात्र सार्वजनिक भएको थियो ।
उनको सोही भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले यस विषयमा कुराकानी गर्ने सो समाचारमा विशेष प्रतिनिधि जेम्सले बताएका थिए ।
अफगानिस्तानमा सन् २०१४ पछि पनि अमेरिकाका १२ हजार गरी बढीमा १४ हजार सेना बस्ने प्रस्तावसहितको एक सुरक्षा सम्झौता यसअघि नै अमेरिकाले तयार पारेको छ ।
सो प्रस्तावमा अफगानिस्तानले सहमति जनाउनुपर्ने धारणा अमेरिकाको छ । साथै चीन, पाकिस्तान र रसियाले पनि अफगानिस्तानले सो सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरेका छन् ।
अफगानिस्तानमा रहेका नेटो सैनैकिको बसाई अवधिलाई लम्बाउने विषयमा अमेरिका र अफगानिस्तानका बीचमा हुने भनिएको सुरक्षा सम्झौता अन्योलमा परेको छ । विगतका महिनादेखि यस विषयमा अमेरिका र अफगानिस्तानका बीचमा विवाद उत्पन्न भएको छ ।
अमेरिकाले अफगानिस्तानमा रहने भनिएका ती नेटो सैनिकलाई निरन्तरता दिनेसम्बन्धी द्वीपक्षीय सुरक्षा सम्झौता (बिएसए) मा हस्ताक्षर गर्न गरेको विगत लामो समयदेखिको आग्रहलाई अफगानिस्तानले अस्वीकार गर्दै आएको छ ।
राट्रपति कारजायीले उक्त प्रस्तावका बारेमा अमेरिकीहरुसँग छलफल गर्न नै इच्छा देखाइरहेका छैनन । गतहप्तामात्र अफगानिस्तान पुगेका अमेरिकी रक्षा मन्त्रीसँग पनि उनले यस विषयमा केही कुरा गरेनन ।
उता अफगान सरकारले त्यहाँ सशस्त्र विद्रोह गरिरहेका तालिवानहरुसँग शान्तिवार्ताको तयारी गरिरहेको बताएपनि त्यसको ठोस प्रगतिका बारेमा भने केही भनेको छैन । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us