एकै महिनामा ४० मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १२:३८ मा प्रकाशित

इस्लामावाद, १७ मंसिर– पाकिस्तानमा नोभेम्बर महिनामा भएको शृङ्खलावद्ध बम विस्फोट लगायतका विभिन्न आक्रमणहरुमा कम्तीमा ४० व्यक्तिको मृत्यु छ । त्यसैगरी सो आक्रमणहरूमा अन्य १सय ८३ जना घाइते भएका पनि  सरकारीस्रोतले जनाएको छ । सरकारी संलग्नतामा पाकिस्तानी तालिवानसँग शान्ति वार्ता सुरु भएयता झनै भिषण आक्रमणहरू भएका समाचारमा प्रष्ट पारिएको छ ।

नोभेम्बर महिनामा २८ वटा बम आक्रमणहरू भएको बताइएको छ । जसमध्ये चारवटा आत्मघाती आक्रमण भएको र यसबाट १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३८ जना घाइते भएका बताइएको छ । अक्टोबर महिनाको तुलनामा नोभेम्बर महिनामा भएको हताहतीमा ५० प्रतिशत नै कमी आएको  छ ।

अक्टोबर महिनामा पाकिस्तानको विभिन्न इलाकामा भएको आत्मघाती बम लगायतका विभिन्न आक्रमणमा कम्तीमा ८१ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी यस बम आक्रमणहरूमा अन्य २ सय ४३ जना घाइते भएका थिए, भने ३३ वटा बम आक्रमण भएको थियो ।  त्यसै नोभेम्बर महिनामा उच्च सरकारी अधिकारीहरू हताहती नभएको  बताइएको छ । तर अक्टोबर महिनामा भने प्रान्तीय कानुन मन्त्री नै आक्रमणमा मारिएका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी भागमा पर्ने खैवर पाख्तुनख्वा प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा कानुन मन्त्रीलगायत अन्य ११ जनाको मृत्यु भएको थियो । पाकिस्तानको दक्षिण भागमा पर्ने बन्दरगाह सहर कराँचीमा नोभेम्बर २२ का दिन भएको दुईवटा बम आक्रमणमा एक बालकसहित नौ व्यक्तिको मृत्यु भएको थियो ।

सो आक्रमणमा अन्य ४० व्यक्ति घाइते भएका थिए । यस आक्रमणको तेहरिक ए तालिवान पाकिस्तान (टिटिपी) आतङ्ककारी समूहले जिम्मेवारी लिएको थियो । यसैगरी पाकिस्तानको विभिन्न इलाकामा भएका आक्रमणहरुमा कम्तीमा ४० व्यक्तिको मृत्युहुनुको साथै अन्य १३८ जना घाइते भएको सरकारी स्रोतले सोमबार सार्वजनिक गरेको हो । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us