मुसर्रफ देश छोड्ने तयारीमा

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक–पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या लगाएतका आरोपमा धरौटी बुझाएर जेल मुक्त भएपछि पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले देश छोड्ने तयारी गरेका छन् ।

मुसर्रफले सिन्ध उच्च अदालतमा देश बाहिर जान नपाउने गरि राखिएको नामको सूची हटाउन निवेदन दिएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । तर, उनको नाम सूचीबाट हट्ने नहट्नेबारे भने अहिले नै केही भन्न नसकिने बताईएको छ ।

स्वदेशभन्दा बाहिर जान नपाउने गरी यसअघि उनी जेलबाट रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us